+
+

रिहा भएपछि बल्छी धुर्वेसहितका कलाकारले भने- काममा चाँडै फर्कन्छौं

अनलाइनखबर अनलाइनखबर
२०८० असार २७ गते २१:०५
रिहा भएपछि काठमाडौं जिल्ला अदालत बाहिर अभिनेता मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) बुधबार बेलुका ।

काठमाडौं । काठमाडौं जिल्ला अदालतको आदेशपछि वान-एक्स बेट प्रकरणमा पक्राउ परेका कलाकार र युट्युवर बुधबार बेलुका रिहा भएका छन् ।

अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर), जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरे पक्राउ परेका थिए ।

अदालतले कलाकारलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । रिहा भएपछि अदालत परिसरबाहिर मिडियासँग कुरा गर्दै उनीहरुले अदालतले न्याय दिएको बताए ।

बल्छी धुर्वेले चाहिँ तत्काल नबोल्ने बताए भने पवन खतिवडा म्याकुरीले आफूहरुबाट गल्ती भएको बताउँदै काममा चाँडै फर्कने बताए । उनीहरुलाई स्वागत गर्न अन्य कलाकार पनि अदालत बाहिर पुगेका थिए ।

सट्टेबाजी गराउने एजेन्ट भनिएका दिनेश खड्का र अनिता धिताललाई चाहिँ १० लाख रुपैयाँ धरौटी अदालतले मागेको छ । यो प्रकरणमा संलग्न कुशल पोखरेल फरार छन् ।

तस्वीर सौजन्य : गोपीकृष्ण चापागाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?