+
+

नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित सरकारी कर्मचारी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २५ गते १०:१३

२५ भदौ, काठमाडौं । नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगदसहित नेपाल सरकारका एक जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।

विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलो मात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए ।

नेपालगन्ज विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीको टोलीले सापकोटालाई आज बिहान नियन्त्रणमा लिएको हो ।

स्रोतका अनुसार सापकोटा बिहान ८ : ४५ बजेको श्री एयरको उडानमार्फत काठमाडौं आउँदै थिए । सापकोटासँगै अर्का एक जना व्यक्ति पनि रहेका थिए । उनी भने फरार भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?