+

दक्षिण अफ्रकाविरुद्ध पाकिस्तानका हसन अली नखेल्ने

२०८० कात्तिक  १० गते १०:२९ २०८० कात्तिक १० गते १०:२९
दक्षिण अफ्रकाविरुद्ध पाकिस्तानका हसन अली नखेल्ने

१० कात्तिक, काठमाडौं । पाकिस्तानका फास्ट बलर हसन अली शुक्रबार दक्षिण अफ्रिकाविरुद्ध खेल्न नसक्ने भएका छन् ।

पाकिस्तान क्रिकेट बोर्डका अनुसार अलीलाई ज्वरो आएको छ । बोर्डले आफ्नो वक्तव्यमा भनेको छ, ‘फास्ट बलर हसन अलीको स्वास्थ्य ठीक छैन र यही कारण उनी दक्षिण अफ्रिकाविरुद्धको खेलमा पाकिस्तान टिममा हुने छैनन् ।’

अलीको स्थान मोहम्मद वसीम जुनियरले लिने छन् ।

नेदरल्याण्ड्स र श्रीलंकालाई हराएर राम्रो सुरुवात गरेको पाकिस्तानले पछिल्लो तीन खेल हारेको छ । अष्ट्रेलिया, भारतसँगै अफगानिस्तानसँग हार व्यहारेपछि दबाबमा रहेको पाकिस्तानलाई सेमिफाइनलको सम्भावना कायमै राख्न आजको खेल महत्वपूर्ण छ ।

दक्षिण अफ्रिका पाकिस्तान हसन अली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय