+
+

जाउलाखेलमा १४ कात्तिकदेखि गाेदावरी फूलको प्रदर्शनी

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १२ गते १४:०१

१२ कात्तिक, काठमाडौं । ललितपुरमा १४ कात्तिकदेखि गाेदावरी फूलकाे प्रदर्शनी आयाेजना हुने भएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर पुष्प व्यवसायीहरुकाे छाता संस्था नेपाल फ्लाेरिकल्चर एसोसिएसनले यस्तो जानकारी दिएको हाे ।

ललितपुरकाे जाउलाखेलस्थित फुटबल मैदानमा १४ कात्तिकदेखि १८ कात्तिकसम्म ५ दिन मेला आयाेजना हुने एसोसिएसनले जनाएको छ । मेलामा ६२ वटा प्रदर्शनी कक्षहरु रहने छन् ।

प्रतियाेगितात्मक प्रदर्शनीमा ५ वटा प्रजातीका गाेदावरी फूलकाे प्रतिस्पर्धा हुने आयाेजकले जनाएको छ ।

मेलामा १ कराेड रुपैयाँ बराबरकाे फूलको काराेबार हुने एसोसिएनकाे अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?