+
+

महोत्तरीबाट स्रोत नखुलेको १३ लाखसहित भारतीय पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १३ गते ९:३३

१३ कात्तिक, जनकपुरधाम । महोत्तरीको सदरमुकाम जलेश्वरबाट स्रोत नखुलेको १३ लाख २० हजार रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत विहारको सितामढी गाढÞा बेला पंचायत बस्ने ४० वर्षीय अरुण पंजियार छन् ।

उनलाई आइतबार दिउँसो जलेश्वर नगरपालिका वडा नं. ७ वखरी चोक स्थित सम्सीबाट जलेश्वर तर्फ आउँदै गरेको ना३ख २८७८ नम्बरको बसबाट नियन्त्रणमा लिएको हो ।

बसलाई रोकेर चेकजाँच गर्दा पजियारको साथबाट स्रोत नखुलेको १३ लाख २० हजार नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?