+
+

इतिहासलाई सम्मान नगरी राष्ट्रको भविष्य उज्वल हुँदैन : रवि लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २८ गते १२:२०

२८ कात्तिक, काठमाडौं । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इतिहासको सम्मान गर्न नसक्ने राष्ट्र र समाजको भविष्य उज्यालो हुन नसक्ने बताएका छन् ।

भक्तपुरमा मंगलबार नेपाल संवत ११४४ का अवसरमा आयोजित कार्यक्रममा शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गर्दै उनले इतिहास जोगाउन अतिआवश्यक भइसकेको बताएका हुन् ।

उनले इतिहास जस्तो भए पनि आफ्नै मूल्य र मान्यता हुने भन्दै इतिहासको सम्मान गर्न सक्नुपर्ने बताए ।

ठाउँका नामहरु मौलिक रुपमा राख्नुपर्नेमा बाटो, गल्लीका नामहरु पहुँचवाला व्यक्तिको नाममा राख्ने परम्परा विकसित हुँदै जानुले ऐतिहासिक धरोहर, मूल्यमान्यता मेटिंदै गइरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?