+
+

हमासले १३ इजरायलीलाई गर्‍यो रिहा, १२ थाइ नागरिक पनि छुटे

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ८ गते २१:३९

८ मंसिर, काठमाडौं । अस्थायी युद्ध विराम सहमतिअनुसार हमासले इजरायली बन्धकलाई छाडेको छ । १२ थाइ नागरिक पनि रिहा भएका छन् ।

७ अक्टोबरमा हमासले दक्षिणी इजरायलमा आक्रमण गरेपछि सुरु भएको युद्ध चार दिनलाई रोक्न बुधबार मात्र सहमति भएको थियो । सहमतिअनुसार इजरायलले गाजामा आक्रमण गर्ने छन् भने हमासले ५० बन्धकलाई छाड्ने छ ।

युद्धविराम लागू भएको पहिलो दिन हमासले आफूले बन्धक बनाएका १३ इजरायली नागरिकलाई राहत कार्यमा जुटेको रेडक्रसको जिम्मा लगाएको छ । इजरायली सञ्चार माध्यमहरुका अनुसार उनीहरुलाई गाजाको कुन स्थानबाट रिहा गरिएको खुलाइएको छैन । तर उनीहरु इजिप्ट पुगिसकेका छन् ।

रिहा भएकाहरुलाई अब आरिश विमानस्थल पुर्‍याइने छ र सेनाको हेलिकप्टरबाट इजरायल ल्याइनेछ । इजरायली प्रधानमन्त्री कार्यालयका अनुसार यो प्रक्रियाको प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका साथै रक्षामन्त्रीले तेल अबिबस्थित सेनाको मुख्यालयमा रहेको कमाण्ड सेन्टरबाट निगरानी गरिरहेका छन् ।

१२ थाइ नागरिक पनि छुटे
इजरायल र हमासबीच भएको युद्ध विराम सहमतिमा समावेश नभएका १२ थाइ नागरिक पनि छुटेका छन् ।

हमासले गाजामा बन्धक बनाएका आफ्ना १२ थाइ नागरिकलाई रिहा गरेको छ थाइल्याण्डका प्रधानमन्त्रीले बताएका हुन् । रिहा भएका उनीहरुलाई थाइल्याण्ड लैजाने प्रक्रिया चलिरहेको थाइ दूताबासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?