+
+

चिकित्सा शिक्षा आयोगको निर्देशक पदको प्रस्तुति र अन्तर्वार्ता स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १८ गते १४:१४

१८ मंसिर, काठमाडौं । चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा नियुक्तिका लागि सोमबार तोकिएको प्रस्तुति र अन्तर्वार्ता  स्थगित भएको छ ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाल संयोजक र प्रा.डा रमेशकान्त अधिकारी र प्रा.डा. बुद्धिबहादुर थापा सदस्य रहेको सिफारिस समितिले १२ जनाको नाम सिफारिस गर्दै सोमबार बिहान ८ बजे प्रस्तुति र अन्तर्वार्ताको समय निर्धारण गरेको थियो ।

तर, समितिले अन्तिम समयमा प्रस्तुति र अन्तर्वार्ता स्थगित गरेको सूचना जारी गरेको छ । प्राविधिक कारणले अर्को सूचना जारी नभएसम्मका लागि  निर्देशक पदको प्रस्तुति र अन्तर्वार्ता स्थगित गरिएको सूचनामा उल्लेख गरेको छ ।

शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्रालय स्रोतका अनुसार भागबन्डाको कारण प्रस्तुति र अन्तर्वार्ता  रोकिएको हो । उनी भन्छन्, ‘कुरा स्पष्टै छ नि भाग लगाउँदा चित्त नबुझेपछि रोकियो । अरु प्राविधिक कारण के हुन्छ र ?’

आयोगको मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज र एक बोर्ड निर्देशकको रिक्त पदका लागि समितिले नाम सिफारिस गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?