+
+
Shares

चिकित्सा शिक्षा आयोगका निर्देशकका लागि को–को परे सर्टलिस्टमा ?

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ६ गते १२:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिकित्सा शिक्षा आयोगले चार निर्देशनालय र नेसनल बोर्डका निर्देशक पदका लागि १२ जना उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक गरेको छ।
  • राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम योग्यता, कार्यअनुभव र सोचपत्रको मूल्यांकनका आधारमा उम्मेदवारहरू छनोट गरिएको आयोगले जनाएको छ।
  • सर्टलिस्टमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता तथा प्रस्तुतीकरण आगामी साउन ८ गते शुक्रबार सिंहदरबारमा सञ्चालन हुने भएको छ।

६ साउन, काठमाडौं ।  चिकित्सा शिक्षा आयोगले आयोग अन्तर्गतका चार निर्देशनालय तथा नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजका निर्देशक पदका लागि १२ जना उम्मेदवारको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरेको छ ।

आयोगले मापदण्ड तथा प्रत्यायन निर्देशनालय, योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय तथा नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजका निर्देशक पदमा खुला प्रतिस्पर्धामार्फत नियुक्ति प्रक्रिया अघि बढाएको हो ।

आयोगका अनुसार गत असार २६ गते प्रकाशित दरखास्त आह्वान सूचनाअनुसार प्राप्त आवेदनमध्ये सबैभन्दा बढी अंक प्राप्त गर्ने १२ जना उम्मेदवारलाई सर्टलिस्ट गरिएको हो  ।

उम्मेदवारहरूको छनोट राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ र उम्मेदवार छनोट सम्बन्धी कार्यविधि, २०८३ बमोजिम शैक्षिक योग्यता, कार्यअनुभव तथा उनीहरूले पेश गरेको सोचपत्रको मूल्यांकनका आधारमा गरिएको आयोगले जनाएको छ ।

सर्टलिस्टमा परेका उम्मेदवारहरूमा प्रा.डा. दयाराम पोखरेल (बारबर्दिया–४, बर्दिया), प्रा.डा. दिपेन्द्रबहादुर श्रेष्ठ (काठमाडौं–४), प्रा.डा. दिलिप शर्मा (सूर्यविनायक–२, भक्तपुर), प्रा.डा. विनोदकुमार यादव (औरही–२, महोत्तरी), प्रा.डा. मृगेन्द्र अमात्य (ललितपुर–६), प्रा.डा. रविन्द्रमान श्रेष्ठ (ललितपुर–१), प्रा.डा. विष्णुप्रसाद शर्मा (ललितपुर–१५), प्रा.डा. संघरत्न बज्राचार्य (काठमाडौं–२४), प्रा.डा. सञ्जयकुमार श्रेष्ठ (काठमाडौं–२८), प्रा.डा. सन्ध्या चापागाईं आचार्य (मध्यपुर ठिमी–३, भक्तपुर), प्रा.डा. सुरज बज्राचार्य (काठमाडौं–१७) र प्रा.डा. सैलेस प्रधान (महालक्ष्मी–१, ललितपुर) छन् ।

आयोगले सर्टलिस्टमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता आगामी साउन ८ गते शुक्रबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको बैठक कक्षमा सञ्चालन गर्ने जनाएको छ ।

कार्यक्रमअनुसार पहिलो समूह (क्र.सं. १–४) को प्रस्तुतीकरण तथा अन्तर्वार्ता बिहान ८ बजे, दोस्रो समूह (क्र.सं. ५–८) को बिहान ११ बजे र तेस्रो समूह (क्र.सं. ९–१२) को अपराह्न २ बजे हुनेछ ।

आयोगले उम्मेदवारहरूलाई आवेदनसँग संलग्न गरिएका सक्कल कागजात, १५ मिनेट अवधिको सोचपत्र प्रस्तुतीकरणका लागि पावरपोइन्टको इलेक्ट्रोनिक प्रतिसहित तोकिएको समयभन्दा कम्तीमा एक घण्टा अगावै उपस्थित हुन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?