+
+
Shares

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि १० जनाको दरखास्त, को–कोले दिए ?

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १२:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिकित्सा शिक्षा आयोगको रिक्त उपाध्यक्ष पदका लागि पूर्वउपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी र पूर्वसचिव डा. रोशन पोखरेलसहित १० जनाको दरखास्त परेको छ ।
  • सिफारिश समितिले आगामी २६ जेठमा कार्ययोजना प्रस्तुतीकरण र २७ जेठमा अन्तर्वार्ताका लागि समय तोकेको छ ।
  • प्रधानमन्त्रीले अर्को व्यवस्था नहुँदासम्मका लागि प्राडा श्रीकृष्ण गिरीलाई आयोगको उपाध्यक्ष पदमा रही कामकाज गर्ने जिम्मेवारी दिनुभएको छ ।

१५ वैशाख, काठमाडौं । चिकित्सा शिक्षा आयोगको रिक्त उपाध्यक्ष पदका लागि १० जनाको दरखास्त परेको छ । उपाध्यक्ष पदमा नियुक्तीका लागि नाम सिफारिस गर्न गठित समितिका अनुसार दरखास्तका लागि तोकिएको अवधी  १० जनाको दरखास्त परेको छ ।

यसअघि चार वर्ष उपाध्यक्ष भएर काम गरेका प्राडा श्रीकृष्ण गिरीले पनि दरखास्त हालेका छन् । तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व सचिव डा. रोशन पोखरेलले पनि दरखास्त दिएका छन् ।

त्यसैगरी प्राडा गेहनाथ बराल, प्राडा दिनेशकुमार लम्साल, प्राडा दीपेन्द्र श्रेष्ठ, प्राडा देवेन्द्रबहादुर खत्री र सह प्राडा प्रमोदकुमार यादव, प्राडा सञ्जयकुमार श्रेष्ठ, प्राडा सुरज बज्राचार्य र प्राडा शैलेश प्रधानले पनि आवेदन दिएका छन् ।

समितिले उनीहरूलाई कार्ययोजनासहितको सोचपत्रको प्रस्तुतीकरण तथा अन्तर्वार्ता कार्यक्रममा सहभागी हुन आउनु भन्दै समय तोकेको छ ।

समितिले २६ जेठका दिन कार्ययोजनाको प्रस्तुती दिन र २७ जेठका दिन अन्तर्वार्ताका लागि तयार हुन समय तोकेको छ ।

गत १९ वैशाखमा अध्यादेशबाट १२ चैत अघि नियुक्ति हटाउने अध्यादेश ल्याउँदा त्यसबेला आयोगका उपाध्यक्ष रहेका प्राडा अञ्जनीकुमार झा हट्नु परेको थियो ।

प्राडा गिरीलाई भने सोमबार मात्रै प्रधानमन्त्री एवं आयोगका अध्यक्ष बालेन शाहले अर्को व्यवस्था नहुँदासम्मका लागि भन्दै उपाध्यक्ष पदमा रही कामकाज गर्न नियुक्ति दिएका छन् ।

डा. गिरीले मंगलबारबाट नै आफ्नो कामकाज गर्न थालिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?