+
+

मंसिर २७ देखि हिमालयन रिइन्स्योरेन्सको आईपीओ खुल्ने, कति पर्छ मूल्य ?

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २१ गते ८:५४

सर्वसाधारणका लागि हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) मंसिर २७ देखि खुल्ने भएको छ । कम्पनीले आह्वान पत्र सार्वजनिक गर्दै आईपीओमा आवेदन माग गरेको हो ।

कम्पनीको आईपीओमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा जाने नेपाली, सामूहिक लगानी कोष तथा कर्मचारीहरुलाई छुट्याइसकेपछि कुल २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि खुलाइएको हो ।

कुल जारी पुँजी १० अर्बको ३० प्रतिशत अर्थात ३ करोड कित्ता सेयर सर्वसाधारण समूहको सेयर जारी हुने भएको हो । जसमध्ये २ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारी, १० प्रतिशत अर्थात् ३० लाख कित्ता वैदेशिक रोजगारीमा गएकाहरुका लागि र ५ प्रतिशत अर्थात् १५ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

अंकित मूल्य १ सयमा १०६ रुपैयाँ थप गर्दै प्रतिकित्ता २०६ रुपैयाँका दरले कम्पनीले आईपीओ निष्कासन गर्ने भएको हो । न्यूनतम १० कित्ता आवेदन दिन सकिनेछ । न्यूनतम संख्या (१० कित्ता) का लागि आवेदन दिन कम्तीमा २ हजार ६० रुपैयाँ बैंक खातामा मौज्दात हुनुपर्नेछ । अन्यथा आवेदन रद्द हुन जानेछ । अधिकतम भने ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आफ्नो खाता भएको बैंक शाखा वा अनलाइन प्रणाली मेरोसेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?