+
+

नापोली च्याम्पियन्स लिगको नकआउट चरणमा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २७ गते ८:१६

२७ मंसिर, काठमाडौं । इटालियन क्लब नापोली युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘सीु’अन्तर्गत मंगलबार राति  भएको खेलमा एससी ब्रागालाई २-० ले पराजित गर्दै नापोली समूह सी को उपविजेता बनेर नकआउट चरण पुगेको हो ।

नापोलीका लागि भिक्टोर ओसिमहेनले एक गोल गरे भने सर्दर सात्चीले एक आत्मघाती गोल गरे ।

जितपछि नापोलीले ६ खेलबाट १० अंक जोड्यो ।

यसअघि नै नकआउट चरण पुगिसकेको छ स्पानिस क्लब रियल मड्रिडले युनियन बर्लिनलाई ३-२ ले हराएर शतप्रतिशत नतिजा निकाल्यो । रियल ६ खेलबाट १८ अंक जोडेर शीर्ष स्थानमा रह्यो ।

रियलका लागि जोसेलुले दुई तथा डानी सेबालोसले एक गोल गरे । युनियन बर्लिनका लागि केभिन भोल्याण्ड र एलेक्स क्रलले एक-एक गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?