+
+

सेतीको बाँध खोलेर नदीमा पानी बढाएपछि भेटियो बेपत्ता युवकको शव

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २८ गते १८:२९

२८ मंसिर, पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका बेला बेपत्ता भएका तनहुँ घर भइ पोखरा बस्ने १९ वर्षीय संगम मिश्र सेती नदीमा मृत फेला परेका छन् ।

पोखरा महानगरपालिका सेती नदीको बाँध खोलेर नदीमा पानीको बहाब बढेपछि खोजी गर्दा वडा नम्बर ३ स्थित नदीपुरस्थित सेती नदीको बिचमा ढुङ्गामा अड्किएको अवस्थामा उनको शव फेला परेको हो ।

उनको शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तनहुँका मिश्र बिरामी भएपछि उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको र त्यहींबाट सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ । मिश्रसँगै आएका उनका बुवा औषधि लिन गएका बेला इमर्जेन्सी वार्डबाटै उनी सम्पर्कविहीन भएका थिए ।

खोजतलास गर्दा मणिपाल नजिकैको सेती नदीमाथि रहेको झोलुंगे पुल परिसरमा उनले लगाएको कपडा र परिचय पत्र भेटिएकाले नदीमा हाम फालेको आशंकामा बाँध खोलेर नदीमा पानीको बहाब बढाई खोजी गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?