+
+

पुस १३ गतेदेखि बृहत दोलखा महोत्सव हुने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १० गते १८:०९

१० पुस, काठमाडौं । दोलखा उद्योग वाणिज्य संघको आयोजनामा पुस १३ गतेदेखि १० दिने बृहत दोलखा महोत्सव हुने भएको छ ।

दोलखा उद्योग वाणिज्य संघको आयोजनामा पुस १३ गतेदेखि २२ गतेसम्म दोलखा सदरमुकाम चरिकोटस्थित भीमेश्वर रंगशालामा महोत्सव हुन लागेको हो ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । संघले दिएको जानकारी अनुसार महोत्सवको उद्घाटन पुस १३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने छन् ।

दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले महोत्सवमा १५० वटा स्टल राखिने जानकारी दिए । महोत्सवमा स्थानीय उत्पादन तथा परिकारको बिक्री, वितरण तथा प्रवद्र्धन गरिने उनले बताए । स्टलहरुमा दोलखाका सबै स्थानीय तहहरु, सरकारी निकाय, नीजि क्षेत्र, कृषक, विभिन्न समूहहरु, संघसंस्था, उद्योगी व्यवसायीका उत्पादन लगायत प्रदर्शनीमा राखिने पनि उनले बताए ।

अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन पर्यटकका स्वागतका लागि स्ट्रिट फुड फेस्टिभलको आयोजना पनि गरिने छ ।

महोत्सवमा दोलखा जिल्लाका पर्यटकिय स्थलहरुको फोटो प्रदर्शनी र वृत्तचित्र प्रदर्शनी पनि गरिने अध्यक्ष श्रेष्ठले बताए । महोत्सवमा कलाकारहरुको सांस्कृतिक प्रस्तुतिका साथसाथै विभिन्न प्रकारका खेलकुद प्रतियोगिताहरु र विद्यालयस्तरीय प्रतियोगिताहरु पनि सञ्चालन गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?