+
+

न्यायोचित माग वार्ताबाट पूरा गर : एमाले

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १३ गते १९:२२

१३ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया भाषा परीक्षालाई लिएर भएको प्रदर्शनमा प्रहरी दमनको विरोध गरेको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले शुक्रबार विज्ञप्ति जारी गर्दै दुई जनाको मृत्यु तथा दर्जनौं घाइते हुने गरी भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

एमालेले घाइतेहरुको उपचार गर्नुका साथै क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

उनले बिना भेदभाव परीक्षामा सामेल हुन पाउनुपर्ने युवाहरुको मागको न्यायोचित मागलाई वार्ताबाट अबिलम्ब पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रदर्शनकारीहरुलाई शान्तिपूर्ण र वैधानिक बाटोबाट समस्याको समाधान खोज्न अपील गर्दर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?