+
+

कोशीका मुख्यमन्त्री भन्छन् : हामीसँग आधामात्रै कर्मचारी छन्, कसरी सुशासन दिने ?

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १४ गते २०:०२

१४ पुस, काठमाडौं । प्रदेशका मुख्यमन्त्रीहरुले प्रदेशले संविधानले दिएको अधिकार पाउने गरी कानुन निर्माणका लागि संघीय सरकारलाई दबाब दिएका छन् ।

शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा पुगेर मुख्यमन्त्रीहरुले संविधानले दिएको अधिकार आफूहरुले पाउने गरी कानुन बनाउन अल्टिमेटम दिएका हुन् ।

कोशीका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकारले आफूहरुको मागलाई बेवास्ता गरे थप दबाबमूलक कार्यक्रम गर्ने बताए ।

‘यो पल्ट संविधान कार्यान्वयन गर्नका लागि अल्टिमेटम थियो । किनभने हामीले अन्तिम बुँदामा समयमै कार्यान्वयन नभए थप दबाबमूलक संघर्ष गर्ने भनेका छौँ । संघर्षको विविध रुपहरु हुन्छन् । त्यसलाई हामीले एक्सपोज गरिहाल्नुपर्ने भन्ने छैन’, उनले भने ।

संघीय सरकारले कर्मचारी र प्रहरी नदिँदा काम गर्न अप्ठेरो भएको मुख्यमन्त्री कार्कीको भनाइ छ । संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन पारित गर्न संघीय संसद र सांसदहरुले काम नगरेको उनको भनाइ छ ।

‘हामीसँग आधा मात्रै कर्मचारी छन् । आधा कर्मचारीबाट हामीले सुशासन कसरी दिनसक्छौं । संघीय सांसदहरु जे कामका लागि संसद छिर्नुभएको हो, संविधान कार्यान्वयनको लागि विधायकीको हिसाबले उहाँहरुले विधेयकमा छलफल गरेर कानून पास गर्ने कुरामा आएको हुँ भन्ने कुरा भुल्नुभयो । म कानून बनाउन आएको हुँ भन्ने कहिल्यै सोच्नुभएन’, मुख्यमन्त्री कार्कीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?