+
+

८.७ अंक घट्यो सेयर बजार, उत्पादन र लगानी समूहमा आकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १६ गते १५:१४

१६ पुस, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ८.७५ अंकले घटेको छ । सो अंकको गिरावटपछि नेप्से २०६० अंकमा कायम भएको छ । परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । गत बिहीबार ४ अर्ब २९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४८ करोडको कारोबार भयो । कुल ७७ कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो भने १० को स्थिर रह्यो ।

समग्र बजार घट्दा पनि उत्पादन र लगानी समूहमा भने लगानीकर्ताको आकर्षण देखिएको छ । यी दुबै समूह १–१ प्रतिशत बढे । जलविद्युत् समूह भने सबैभन्दा धेरै १.७ प्रतिशत घट्यो ।

बैंकिङ ०.१५, विकास बैंक ४.१९, लगानी ०.८३, उत्पादन ६३ र ब्यापार १३ अंक बढे । फाइनान्स १४, होटल तथा पर्यटन ९६, जलविद्युत् ४१, जीवन बीमा १८०, माइक्रोफाइनान्स ५, निर्जीवन बीमा ८६ र अन्य समूह ५ अंक घटे ।

सीईडीबी हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर, नेपाल वेयरहाउजिङ कम्पनी, हाथवे इन्भेस्टमेन्ट कम्पनी, मुक्तिनाथ कृषि कम्पनी र हिमालयन हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । बीपीडब्लू लघुवित्तको ८ तथा न्यादी हाइड्रोपावरको ७.७ प्रतिशत मूल्य बढ्यो ।

त्यस्तै मोलुङ हाइड्रोपावर कम्पनीको मूल्य ८ प्रतिशत घट्यो । मनकामना इन्जिनियरिङ कम्पनीको ६.५, मैलुङखोला जलविद्युतको ६.५, तारागाउँ रिजेन्सीको ६.५ र अपर हेवाखोलाको ६.३ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट, हाथवे इन्भेस्टमेन्ट कम्पनी, सानिमा जीआईसी इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?