+
+

सेयर बजार झिनो अंकले घट्यो, हाइड्रोपावर समूह बढ्यो 

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २६ गते १५:२०

२६ पुस, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेर बन्द भएको छ । कारोबार सुरु भएको ३५ मिनेटमै २१०६ विन्दुसम्म पुगेको नेप्से अन्ततः कारोबार बन्द हुँदा २०८८.९ विन्दुमा कायम भयो । नेप्से अघिल्लो दिनको तुलनामा ०.६२ अंक घटेको हो । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बुधबार ५ अर्ब १३ करोडको धितोपत्र कारोबार भएकोमा बिहीबार ४ अर्ब ३० करोडमा खुम्चियो ।

कुल १२१ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने ९ को स्थिर रह्यो । अधिकांश समूह घटेका छन् । जीवन बीमा र होटल समूह सबैभन्दा धेरै १/१ प्रतिशत घटे । हाइड्रोपावर समूह सबैभन्दा धेरै १.५ प्रतिशत बढ्यो ।

अंकका आधारमा बैंकिङ १.२, विकास बैंक ३८, फाइनान्स १६, होटल तथा पर्यटन ५७, जीवन बीमा ११४, उत्पादन २६ र निर्जीवन बीमा समूह ६४ अंक घटे । व्यापार ११, अन्य ३ र हाइड्रोपावर समूह ३९ अंक बढे ।

७ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । निर्धन उत्थान लघुवित्त, समाज लघुवित्त, मिडसोलु हाइड्रोपावर, त्रिशूली जलविद्युत् कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ र हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशत बढ्यो । हालै बजारमा सूचीकृत भएको हिमालयन रिइन्स्योरेन्स कम्पनीको मूल्य प्रतिकित्ता ४५२ रुपैयाँ ६० पैसा पुगेको छ ।

भूगोल इनर्जी, तमोर हाइड्रोपावर, थ्रीस्टार हाइड्रोपावर र मनकामना इन्जिनियरिङ कम्पनीको मूल्य साढे ९ प्रतिशतभन्दा धेरै बढ्यो । मन्दाकिनी हाइड्रोपावरको ४.९, मानुषी लघुवित्तको मूल्य ३.४ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा हिमालयन बैंक संस्थापक, नेपाल रिइन्स्योरेन्स कम्पनी संस्थापक, सोनापुर सिमेन्ट, हाथवे इन्भेस्टमेन्ट कम्नी र सानिमा मिडिल तमोर हाइड्रोपावर क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?