+
+

दाङको भालुबाङमा यात्रु बस राप्ती नदीमा खस्यो

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २७ गते २२:४९

२७ पुस, दाङ । दाङको राप्ती गाउँपालिकाको भालुबाङस्थित पुलबाट यात्रुबाहक बस राप्ती नदीमा खसेको छ ।

बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खसेको हो ।

बसमा ३२ जना यात्रु सवार थिए । उद्धारका लागि घटनास्थलमा पुगेका राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बस दुर्घटनामा केही मानिस हताहत भएको बताए ।

स्थानीय र प्रहरी उद्धार कार्यमा सक्रिय छन् । घाइतेहरुलाई उद्धार गर्दै अस्पताल पठाउने काम जारी रहेको ट्राफिक प्रहरी पोष्ट भालुबाङका प्रमुख हरिबहादुर रोकायले जानकारी दिए ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?