+
+

भवन उद्घाटनको राजनीति : पुरानो शिलालेख फुटाएर फेरि उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ४ गते १९:५६

४ माघ, धनगढी । कैलालीको गोदावरी नगरपालिका, कैलालीको प्रशासनिक भवन दोस्रो पटक उद्घाटन गरिएको छ । मेयर वीरेन्द्र भट्टले बिहीबार भवनको उद्घाटन गरेका हुन् ।

यही भवनको नेकपा एमालेबाट निर्वाचित तत्कालीन मेयर हरिसिंह साउँदले २०७८ सालमा उद्घाटन गरेको थिए । त्यसबेला भित्तामा राखिएको शिलालेख फुटाइएको छ र प्राङ्गणमा नयाँ मेयरको नामसहित शिलालेख राखिएको छ ।

पुरानो शिलालेख हटाइएको ठाउँमा अहिले निर्वाचित जनप्रतिनिधिहरुको नामावली राखिएको छ ।उद्घाट

न कार्यक्रम चलिरहँदा एमालेका नेता तथा कार्यकर्ताले गेट बाहिर नाराबाजी गर्दै थिए । एकपटक उद्घाटन भइसकेको भवन पुनः उद्घाटन गर्नु गलत भएको भक्न्दै एमाले नेता कार्यकर्ताले बिहान नगरपालिका घेराउ समेत गरेका थिए ।

भवन उद्घाटन कार्यक्रममा वीरेन्द्र भट्टले भने विगतमा गलत तरिकाले उद्घाटन गरिएको बताए ।

एसियाली विका बैक (एडीबी)को १३ करोड ४६ लाखको अनुदान सहयोगमा नगरपालिकाको प्रशासनिक भवन निर्माण थालिएको थियो ।

दुई तले भवनको निर्माण पुरा भएको थिएन । तत्कालीन मेयर साउदले कार्यकाल सकिने बेलामा १४ चैत २०७८ मा उद्घाटन गरे । त्यो बेला नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका राजनीतिक दलले त्यसको विरोध गरेका थिए ।

अहिले भवन निर्माण सम्पन्न भएर एडीबीले नगरपालिकालाई हस्तान्तरण गरिसकेको छ । तर उद्घाटन कार्यक्रममा कार्यक्रमलाई उपमेयर शारदादेवी रोकायासहित एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले बहिष्कार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?