+
+

नयनताराले माफी माग्दै भनिन्- फिल्मको उद्देश्य कसैलाई चोट पुर्‍याउनु होइन

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ५ गते १७:५७

काठमाडौं । नयनतारा अभिनित तमिल फिल्म ‘अन्नपूर्णी’ यतिबेला विवादले घेरिएको छ । फिल्मले हिन्दु धर्मावलम्बीको भावनामा चोट पुर्‍याएको भन्दै आलोचना चर्किएपछि नेटफ्लिक्सले फिल्म हटाइसकेको छ ।

यो विवादमा अभिनेत्री नयनताराले पनि माफी मागेकी छिन् । सामाजिक सञ्जालमा जय श्रीरामबाट सुरु भएको आफ्नो माफी पत्रमा नयनताराले लेखेकी छन्, ‘जय श्रीराम, मेरो फिल्म अन्नपूर्णीसँग सम्बन्धित विषयमा प्रकाश पार्न भारी हृदयहसहित यो नोट लेख्दैछु । फिल्म अन्नपूर्णी सिनेम्याटिक प्रयास मात्र होइन, कहिल्यै हार नमान्ने हृदयस्पर्शी र प्रेरणादायी कथा हो । सकारात्मक सन्देश साझा गर्ने प्रयासमा हामीले अञ्जानमा मानिसलाई चोट पुर्‍याएको हुनसक्छ । सेन्सर भएर हलमा रिलिज भइसकेको फिल्मलाई ओटीटीबाट हटाइनेछ भनेर मैले सोचेको थिइनँ ।’

नयनताराले यसअघि लेखेकी छन्, ‘मैले र मेरो टोलीले कहिल्यै कसैलाई चोट पुर्‍याउने सोचेका छैनौं र हामी यो कुराको गहिराइ बुझ्छौं । प्रायः मन्दिरमा जाने र भगवानमा विश्वास गर्ने व्यक्तिको रूपमा म पहिलो पटक जानाजानी केही गर्नेछु । यसबाट जो कोहीलाई चोट पुगेको छ, म हृदयदेखि माफी चाहन्छु । अन्नपूर्णी फिल्म बनाउनुको उद्देश्य मानिसलाई चोट पुर्‍याउनु होइन ।’

थिएटरपछि ओटीटी प्लेटफर्ममा रिलिज भएको नयनतारा अभिनित फिल्म ‘अन्नपूर्णी’को एक दृश्यमा भगवान श्रीरामलाई मांसाहारी भनेर वर्णन गरिएको थियो । जसका कारण फिल्म निर्माता, नेटफ्लिक्स र नयनताराविरुद्ध धार्मिक भावनामा चोट पुर्‍याएको उजुरी परेको थियो ।

शिवसेनाका पूर्वनेता रमेश सोलंकीले जनवरी ६ मा फिल्म अन्नपूर्णीका निर्माताविरुद्ध मुम्बईमा उजुरी दिएका थिए । निर्माताले भगवान श्रीरामको अपमान गरेर हिन्दु समुदायको भावनामा चोट पुर्‍याएको उनको आरोप छ ।

रमेश सोलंकीले सोसल मिडिया प्लेटफर्म एक्स (ट्वीटर)मा पनि फिल्मको कडा आलोचना गरेका छन् । उनले लेखेका छन्, ‘मैले हिन्दु विरोधी र हिन्दु विरोधी नेटफ्लिक्सविरुद्ध उजुरी दायर गरेको छु । सारा विश्वले भगवान श्रीराम मन्दिरको अभिषेक मनाइरहेको बेला नेटफ्लिक्समा यो हिन्दु विरोधी फिल्म अन्नपूर्णी रिलिज भएको छ । जसलाई जी स्टुडियो, नाद स्टुडियो र ट्राइडेन्ट आर्ट्सले निर्माण गरेका हुन् ।’

साथै उनले फिल्मका केही विवादास्पद दृश्य पनि उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘हिन्दु पुजारीकी छोरीले बिरयानी बनाउनुअघि नमाज पढाउँछिन् । फिल्ममा लभ जिहादको प्रचार गरिएको छ । फरहानले अभिनेत्रीलाई मासु खुवाउने क्रममा भगवान श्रीराम पनि मांसाहारी भएको बताएका छन् ।’

उनले थप भने, ‘नेटफ्लिक्स र जी स्टुडियोले जानाजानी हिन्दु भावनामा चोट पुर्‍याउन यो फिल्म बनाएको हो । म मुम्बई पुलिस, महाराष्ट्र एचएमओलाई धार्मिक भावनामा चोट पुर्‍याउने यस फिल्मविरूद्ध उजुरी दर्ता गर्न अनुरोध गर्दछु ।

‘अन्नपूर्णी’ १ डिसेम्बर २०२३ मा हलमा रिलिज भएको थियो । फिल्ममा नयनतारा मुख्य भूमिकामा छिन् । फिल्ममा उनले मन्दिरका पुजारीकी छोरी अन्नपूर्णीको भूमिका निभाएकी छिन्, जसले भान्से बन्ने सपना पूरा गर्न ननभेज पकाउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?