+
+

माओवादीको विद्यार्थी संगठनकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते १९:४०

७ माघ, काठमाडौं । १५ वर्ष पुरानो एक हत्याको घटनामा जिल्ला अदालत सुर्खेतले नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

कालीकोटका राजबहादुर मल्लको हत्या आरोपमा जाहेरी परेपछि जिल्ला अदालतले सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी लक्ष्मणबहादुर शाहीले पक्राउ पुर्जी जारी भएको पुष्टि गरे । ‘पुरानो घटनामा जाहेरी आएको छ, त्यसमा ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ’, उनले भने, ‘यसमा अनुसन्धान गरिरहेका छौं ।’

२०६५ साल फागुन २६ गते कालीकोटको मल्लको हत्या घटनामा कालीकोटको महावै गाउँपालिकाकी सिंह, पदमबहादुर रावत, बालकृष्ण सिंह, टंकबहादुर सिंह, वीरबहादुर मल्ल र अलि कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?