+
+

स्वास्थ्य समस्या देखिएपछि बसन्त नेम्वाङलाई काठमाडौं ल्याउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १७ गते १४:५८

१७ माघ, काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता बसन्त नेम्वाङको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।

ताप्लेजुङ एमाले सचिवालय बैठकको क्रममा ताप्लेजुङ पुगेका नेम्वाङलाई एक्कासी समस्या देखिएको हो । उनको सचिवालयका अनुसार, उच्च रक्तचापका कारण खाना खानेक्रममा समस्या देखिएको थियो ।

स्वास्थ्यकर्मीको निगरानीमा ताप्लेजुङमै रहेका उनलाई हेलिकोप्टरमा काठमाडौं ल्याउने तयारी भइरहेको छ । मेडिसिटी अस्पतालमा नेम्वाङको थप उपचार हुने सचिवालयले जनाएको छ । उनी पाँथचरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?