+
+

आम्दानी घट्दा पनि एनआरएन इन्फ्रास्ट्रक्चरले नाफा बढायो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २५ गते ९:०८

२५ माघ, काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार ६ महिनामा कम्पनीको खुद नाफा १ करोड ६३ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा ५६ लाख ७७ हजार रुपैयाँ थियो ।

कम्पनीले वित्तीय सम्पत्ति अर्थात् लगानी गरेको विभिन्न कम्पनीको धितोपत्रमा नयाँ मूल्यांकन गरी नाफा देखाएको छ । गत वर्षको दोस्रो त्रैमासमा यो शिर्षकमा १ करोड ७४ लाख नोक्सानी देखाइएकोमा अहिले ९१ लाख नाफा देखाइएको छ । यसले गर्दा मुख्य बिजनेसबाट हुने कुल आम्दानी घटे पनि नाफामा उल्लेख्य टेवा पुगेको देखिन्छ ।

कम्पनीको कुल आम्दानी गत वर्षको दोस्रो त्रैमासमा २ करोड ७५ लाख रहेकोमा यो वर्ष सोही अवधिमा १ करोड ६६ लाख रुपैयाँमा झरेको छ । वित्तीय सम्पत्तिको नयाँ मूल्यांकनपश्चात नाफा देखाइएका कारण यस्तो नाफा क्षणिक हुन्छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी जम्मा २ रुपैयाँ ६७ पैसा छ । बजारमा सेयर मूल्य भने प्रतिकित्ता ५९२ रुपैयाँ छ । मूल्य आम्दानी अनुपातका आधारमा अन्य कम्पनीको तुलनामा यो कम्पनीको सेयर मूल्य ‘ओभरभ्यालुड’ हो । मूल्य आम्दानी अनुपात २२१ गुणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?