+
+

पर्यटक वृद्धि हुँदा ओरियन्टल होटलको नाफा ४६ प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते ९:५४

२८ माघ, काठमाडौं । नेपालमा विदेशी पर्यटकको आगमन बढेसँगै होटलहरुको नाफा बढेको छ । र्‍याडिसन होटल सञ्चालन गर्दै आएको ओरियन्टल होटल कम्पनीले दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत वर्षको समीक्षा अवधिको तुलनामा ४६ प्रतिशत बढेको छ ।

कम्पनीले डिसेम्बर ३१ (पुस १५) सम्मलाई दोस्रो त्रैमासिक अवधि मान्दै वित्तीय विवरण सार्वजनिक गरेको हो । वित्तीय विवरणअनुसार जुलाइदेखि डिसेम्बरसम्म कम्पनीले ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३ करोड ६५ लाख रुपैयाँ थियो ।

कम्पनीले आफ्नो वित्तीय विवरणमै विदेशी पर्यटकको आगमन बढ्दा कुल आम्दानीसँगै नाफा बढेको स्पष्ट पारेको छ । कम्पनीको सञ्चालन आम्दानी ६ महिनामा ५६ करोड १ लाख रुपैयाँ छ । गत वर्षको समीक्षा अवधिमा यस्तो आम्दानी ४३ करोड ९० लाख रुपैयाँ थियो । दोस्रो त्रैमासिक अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७४ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ३४२ रुपैयाँ ५८ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?