+
+

हाथवे इन्भेस्टमेन्ट नोक्सानीमा, प्रतिसेयर आम्दानी ऋणात्मक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते ९:५९

२८ माघ, काठमाडौं । अंकित मूल्य ५० रुपैयाँका दरले सार्वजनिक सेयर निष्कासन गरेको हाथवे इन्भेस्टमेन्ट कम्पनीको सेयर मूल्य हाल ९८० रुपैयाँ छ । कम्पनी भने  नोक्सानीमा गएको छ ।

कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार दोस्रो त्रैमासिक अवधिमा कम्पनी ५९ लाख ४२ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले १ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको सञ्चालन आम्दानी समीक्षा अवधिमा आधामा झरेको छ भने वित्तीय लागत करिब दोब्बरले बढेको छ । जसले गर्दा कम्पनी नोक्सानीमा गएको हो । गत वर्षको पहिलो त्रैमासिक अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी ६ करोड ४९ लाख रहेकोमा अहिले ३ करोड ३५ लाखमा झरेको छ ।

त्यस्तै वित्तीय लागत गत वर्षको दोस्रो त्रैमासमा १ करोड ४४ लाख रहेकोमा यो वर्षको दोस्रो त्रैमासमा २ करोड ४१ लाख पुगेको छ । कम्पनी नोक्सानीमा गएसँगै वार्षिक प्रतिसेयर आम्दानी ०.५१ रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ८३ रुपैयाँ ४० पैसा छ, गत वर्ष प्रतिसेयर नेटवर्थ ८९ रुपैयाँ ३ पैसा थियो । बजारमा कम्पनीको सेयर मूल्य भने बिहीबार बन्द हुँदा प्रतिकित्ता ९८० रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?