+
+

आइफोन १६ मा आउँदैछ नयाँ फिचर, पानीभित्रै चलाउन मिल्ने !

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते १४:३३

काठमाडौं ।  एप्पलले आइफोन १५ सिरिज लञ्च गरेदेखि नै आगामी संस्करण आइफोन १६ का विषयमा चर्चा चलिरहेको छ । यो वर्ष सन् २०२४ मा सार्वजनिक हुने आइफोन १६ लाई लिएर स्मार्टफोन उद्योगका विभिन्न समाचारहरु खुलासा गर्ने टिप्स्टर तथा मिडिया रिपोर्टहरुमा फरक फरक खालका दाबीहरु गरिएका छन् ।

यसैबीच एप्पलको एउटा नितान्त नयाँ तयारीका विषयमा खबर सार्वजनिक भएको छ । जस अनुसार एप्पलले एउटा नयाँ पेटेन्टका लागि आवेदन गरेको छ र सो प्राप्त भएसँगै आइफोनमा उक्त नयाँ प्रविधि अर्थात् फिचर समावेश हुनेछ । उक्त फिचरको नाम Underwater Mode दिइएको छ ।

एप्पलले अमेरिकाको युनाइटेड स्टेट पेटेन्ट एण्ड ट्रेडमार्क अफिसमा पेश गरेको आफ्नो पेटेन्ट निवेदनमा ७८ पेजको एक फाइल पेश गरेको छ । त्यसमा एक विशेष आइफोन इन्टरफेस डिजाइन देखाइएको छ, जसमा पानीभित्र समेत आइफोन चलाउने फिचर हुनसक्ने बताइएको छ । यद्यपि विद्यमान आइओएस सफ्टवेयरमा यस्तो कुनैपनि फिचर छैन ताकि आइफोन भिजेकै अवस्थामा पनि त्यसलाई चलाउन सकियोस् ।

समाचार अनुसार एप्पलको यो नयाँ फिचरमा प्रयोगकर्ताले नयाँ इन्टरफेस प्राप्त गर्नेछन् । त्यसको नाम  Underwater user interface हुनसक्छ । नयाँ इन्टरफेसमा फिजिकल बटनहरुमा विभिन्न नियन्त्रण तथा फिचरहरु प्राप्त हुनेछन् ।

उदाहरणको रुपमा क्यामरा एप जूमका लागि भोल्यूम रकरको प्रयोग गर्न सकिनेछ । वास्तवमा एप्पलले सन् २०२२ मै अण्डरवाटर मोडको पेटेन्टको लागि आवेदन गरेको थियो ।

आगामी आइफोन १६ मा चाहीँ यो फिचर उपलब्ध हुने अपेक्षा गरिएको छ। यद्यपि यस विषयमा एप्पलले आधिकारिक रुपमा कुनै विवरण सार्वजनिक गरेको छैन । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?