+
+

‘टेस्टेड र फेलहरुलाई किन उपकुलपतिको सर्टलिस्टमा राखियो ?’

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते १५:०४

२८ माघ, काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा परीक्षण भइसकेका मान्छेहरुलाई ‘सर्टलिस्ट’ मा पारिएको भन्दै आपत्ति जनाएकी छन् ।

आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले त्रिवि उपकुलपति सर्च कमिटीले पहिले नै परीक्षण भइसकेका व्यक्तिलाई ‘सर्टलिस्ट’ मा पारिएकामा असन्तुष्टि जनाएकी हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेतृत्वको सर्च कमिटीले उपकुलपतिमा आवेदन दिएका ४३ मध्ये गत शुक्रबार १४ जनाको सर्टलिस्ट सार्वजनिक गरेको थियो । जसमा पूर्वउपकुलपति तीर्थ खनियाको नाम पनि समावेश छ ।

‘प्रधानमन्त्रीलाई मेरो एउटै प्रश्न छ, राजनीतिक हस्तक्षेप हुन दिन्न भनेर संकल्प गर्दै गर्दाखेरि टेस्टेड र फेल भएका अनुहारहरुलाई फेरि विश्वविद्यालयमा ल्याउन छानेको हो त्यो समितिले ? फेल भइसकेका मान्छेहरुलाई फेरि किन ल्याएको ? कहिले बौद्धिक चोरीको आरोप लागेका, कहिले अख्तियारबाट मुद्दा चलेका मान्छेहरुलाई किन ल्याएको विश्वविद्यालयको छनौटमा ?’ उनले प्रश्न गरिन् ।

सांसद पौड्यालले राम्रा मान्छेलाई नेतृत्वले नै आवेदन दिन लगाएर उपकुलपति छनोट गर्नुपर्ने बताइन् । ‘असाध्यै राम्रो मान्छेहरु चाहिँ नेतृत्वले गएर आवेदन गर्नुस् न भनेर भन्नुपर्छ । अथवा तपाई आएर चार वर्ष यो विश्वविद्यालय सम्हाल्नुस् भन्नुपर्छ । हामीले त्यति हिम्मत गर्न सकेनौं’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?