+
+

थाहामा दुई जनालाई घाइते बनाएको चितुवा मृत भेटियो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २ गते २०:५५

२ फागुन, हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा दुई जनालाई घाइते बनाएको चितुवा मृत फेला परेको छ ।

थाहा नगरपालिका–२, अंगारेमा बुधबार साँझ चितुवाको आक्रमणबाट ६६ वर्षीय हेमन्तकुमार ढकाल र ६० वर्षीया सावित्रीदेवी ढकाल घाइते भएका इलाका प्रहरी कार्यालय पालुङले जानकारी दिएको छ ।

ढकाल दम्पतीलाई उपचारको लागि पालुङ प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ । हेमन्तको शरीरमा धेरै घाउ रहेको छ ।

ढकाल दम्पती घाइते बनाएपछि भाग्ने क्रममा चितुवा छिमेकी जगन्नाथ ढकालको घरको सेप्टिक टंयाकीमा परेको इलाका प्रहरी कार्यालय पालुङका प्रमुख प्रहरी निरीक्षक श्याम थापा मगरले जानकारी दिए । सेप्टिक टंयाकीबाट चितुवालाई निकालिएको छ र डिभिजन वन कार्यालय पालुङको टोली आएर अनुसन्धान गरिरहेको छ ।

ढकाल दम्पतीलाई आक्रमण गरेपछि स्थानीय र कुकुरले लखेट्ने क्रममा चितुवा सेप्टिक टंयाकीमा चितुवा पसेको र टाउको ठोकिएको स्थानीयले बताएका प्रहरी निरीक्षक मगरले बताए । २ नम्बर वडाको अंगारेमै १० माघ २०७९ मा चितुवा घाइते अवस्थामा भेटिएको थियो । त्यतिबेला डिभिजन वन कार्यालय मनहरीले घाइते चितुवाको उद्दार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?