+
+

मनमोहन मेमोरियल यु-१६ : मधेश र सुदुरपश्चिम विजयी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ४ गते २०:४५

४ फागुन, काठमाडौं – पोखरामा जारी मनमोहन मेमोरियल यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।

मधेशले मनमोहन ११ लाई ८७ रन तथा सुदूरले लुम्बिनीलाई २२ रनले हराएका हुन् । जितका लागि १७८ रनको विजयी लक्ष्य पछ्याएको मनमोहनले २५ ओभरमा ९ विकेट गुमाउँदै ९० रन बनायो । उसका आजाआज खान २९ र सन्दीप खत्रीले १६ रन बनाए । मधेशका धिरेन्द्र पासवान र रोहन यादवले ३-३ विकेट लिए ।

त्यसअघि पोखरा रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेशले २५ ओभरमा २ विकेट गुमाउँदै १७७ रन बनायो । राहुल अन्सारीले ७९ बलमा ११ चौका र १ छक्कासहित ८३ रन बनाए । प्रयान्श सरार्फ २८, आदित्य मण्डल १९ रन बनाए । मनोमहनका नितेश पटेल र कुञ्जन आचार्यले १-१ विकेट लिए ।

त्यस्तै अर्को खेलमा सुदुरपश्चिम प्रदेशले लुम्बिनीलाई २२ रनले हरायो । जितको लागि १३८ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी २५ ओभरमा ९ विकेट गुमाउँदै ११६ रन बनायो । लुम्बिनीका रौनक श्रीवात्सवले ६२ बलमा ६ चौका र २ छक्कासहित ५४ रन बनाए । सुदूरका डम्बर मामीले ४, सचिन मल्लले ३ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरले २५ ओभरमा ९ विकेट गुमाउँदै १३७ रन बनायो । सुदूरका निरज ऐरले ३६ बलमा ४ चौका र २ छक्कासहित ४५ र राजेश ऐरले ३१ रन बनाए । लुम्बिनीका भुवन शाहीले ४ विकेट लिए ।

लिग कम नकआउट अन्तर्गत हुने प्रतियोगिताको समूह ‘क’ मा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश छन् भने समूह ‘ख’मा मधेस, लुम्बिनी, सुदूरपश्चिम तथा मनमोहन मेमोरियल छन् । विजेता टोलीले १ लाख र उपविजेता टोलीले ५० हजार पाउनेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, बलर र म्यान अफ द म्याचलाई खेल सामग्रीसहित नगद पुरस्कार प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?