+
+

अम्बानीका छोराको विवाहमा पपस्टार रिहानाले प्रस्तुति दिने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १६ गते १३:१३

काठमाडौं । अर्बपति मुकेश अम्बानीका कान्छा छोरा अनन्त र बाल्यकालकी साथी राधिका मर्चेन्टबीच हुन लागेको विवाहको खबरले यतिबेला भारतीय मिडिया गर्माएको छ । तीन दिनसम्म हुने वैवाहिक उत्सवमा एक हजार पाहुनालाई निम्तो दिइएको छ भने तीन हजारथरी पकवानको मेन्युका कुरा समेत बाहिर आएका छन् ।

गुजरातको जामनगरमा १ देखि ३ मार्चसम्म विवाह हुँदैछ । देशीविदेशी पाहुनाको सूचीमा संसारका शीर्ष धनाढ्यहरु एलन मस्क, मार्क जुकरबर्ग, विल गेट्स, अलि बाबासहित अन्तर्राष्ट्रिय सेलिब्रेटी विवाहमा उपस्थित हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त विवाह समारोहमा उपस्थित हुने सेलिब्रेटीको सूची बाहिरिएको छ । टाइम्स अफ इण्डियाका अनुसार अमिताभ बच्चन, सलमान खान, शाहरुख खान, रजनीकान्त लगायतका भारतीय कलाकार विवाहमा उपस्थित हुनेछन् ।

रोचक कुरा के छ भने विश्वचर्चित अर्बपति गायिका रिहानाले विवाह समारोहमा सांगीतिक प्रस्तुति दिने भएकी छन् । उनीसँगै भारतीय गायकद्वय अरिजित सिंह र दिलजीत दोसांझले पनि प्रस्तुति दिनेछन् । अम्बानीका सन्तानको यसअघिका विवाहमा बियोन्से र कोल्डप्लेले प्रस्तुति दिएका थिए ।

बियोन्सले इशा अम्बानीको विवाहमा आफ्ना हिट गीत गाएकी थिइन् । आकाश अम्बानीको समारोहमा कोल्डप्लेले प्रस्तुति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?