+
+
सुन तस्करी छानबिन आयोगको प्रतिवेदन :

सीआईबी प्रमुख बज्राचार्य, एसपी थापा, डीएसपीद्वय कुँवर र दाहाललाई कारबाही सिफारिस

गौरव पोखरेल गौरव पोखरेल
२०८० चैत २ गते ११:५३

२ चैत, काठमाडौं । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित आयोगले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन तस्करीको छानबिनमा गम्भीर त्रुटि गरेको निष्कर्ष निकालेको छ ।

मुद्दा चलाउनुपर्नेलाई समेत जोगाएको आरोपमा आयोगले ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्यलाई समेत कारबाहीको सिफारिस गरेको हो ।

योसँगै सुनसम्बन्धी अनुसन्धान गरेका एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई पनि विभागीय कारबाहीको सिफारिस भएको छ ।

उनीहरुले सुन तस्करीमा जोडिएका एक मुख्य व्यक्ति जीवन चलाउनेलाई भगाएको आरोप छ । ब्यूरोमा उपस्थित गराएर समेत छाडेको उनीहरुको माथि आरोप छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मा आफ्नो भएको बताएका छन् । उनले यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग समेत ब्रिफिङ गरेका छन् ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?