+
+

सीआईबीमा एसपीकै कोठामा कागज गराएर छाडिएका थिए सुनकाण्डका आरोपी

गौरव पोखरेल गौरव पोखरेल
२०८० चैत २ गते ११:२४

२ चैत, काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन तस्करी प्रकरणका एक जना आरोपीलाई कार्यालयमा उपस्थित गराएर समेत छाडेको पाइएको छ ।

सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगले आरोपी जीवन चलाउनेलाई ब्यूरोमा उपस्थित गराएर समेत छाडेको फेला पारेको हो । गृह मन्त्रालय उच्च स्रोतका अनुसार, तत्कालीन समयमा ब्यूरोमा कार्यरत् एसपी सञ्जयसिंह थापाकै कोठामा ल्याएर चलाउनेको बयान कागज गराइएको थियो ।

त्यसपछि उनलाई छाडिएको थियो । यसमा डीएसपी रुगम कुँवरलाई पनि आयोगले जिम्मेवार मानेको छ । उनको पनि चलाउनेसँग कुराकानी हुने गरेको देखिएको आयोगले बनाएको गृह मन्त्रालयका एक उच्च अधिकृतले अनलाइनखबरलाई बताए ।

आयोगले ब्यूरोका प्रमुख एआईजी किरण बज्राचार्यलाई र डीएसपी दुर्गाराज दाहाललाई पनि कारबाही गर्न सिफारिस गरेको छ । ब्यूरोले सुनमा चलाउनेलाई मुद्दा नचलाउन खोजेको आयोगको निष्कर्ष छ । तर, यो विषय बाहिर सार्वजनिक भएपछि प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रतिवादी बनाउन निर्देशन दिएको स्रोतले अनलाइनखबरलाई बताएको छ ।

चलाउनेले दावासँग सुन कारोबारबारे कुराकानी गरेको डिजिटल फरेन्सिक ल्याबको रिपोर्टबाट देखिएको थियो । सीआईबीमा भएको डीएफएल रिपोर्टमा समावेश पत्रमा दावा छिरिङले चलाउनेसँग ‘सुन ल्याउने चिनियाँ समूहसँग विजनेस गर्ने’ प्रस्ताव गरेको विवरण छ ।

जवाफमा छिरिङले ‘हुन्छ दाइ, मैले सबै काम मिलाएको छु, दाइ’ भनेका छन् ।

दावाले चलाउनेको ह्वाट्स एपममा ‘यो महिना ८० किलो’ भन्दै सन्देश पठाएको पनि देखिन्छ । चलाउनेले उनलाई ‘दाइ, अलिक गोप्य गर्नुस्, अरुसँग कुरा नगर्नुस्’ भनेर समेत म्यासेज गरेका छन् ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?