+
+

१० तोला गहना चोरीको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ८ गते १९:४२

८ चैत, काठमाडौं । १० तोला बराबरका सुनका गरगहना चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

गोरखाको बाह्रकिलो घर भइ काठमाडौंको नागार्जुन नगरपालिका–४ बस्ने २० वर्षीय रिकेश दास  पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार दासलाई नागार्जुनबाट पक्राउ गरिएको हो ।

दासले ललितपुर महानगरपालिका–२३ मा भाडामा बसेका अर्घाखाँचीका केशव पौडेलको कोठाबाट १० तोला बराबरका सुनका गरगहना चोरी गरेको आरोप छ ।उनले रानिहार १ थान, चन्द्रमा २ थान, इन्डियन मंगलसुत्र १ थान, लकेट १ थान र झुम्का १ जोर गरी १० तोला बराबरको सुन ३० फागुनमा चोरी गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?