+
+

साढे १४ करोडमा पुनर्निर्माण भयो ज्येष्ठ वर्ण महाविहार

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ९ गते १४:०५

९ चैत, काठमाडौं । ललितपुरको पाटनमा भूकम्पको कारण पूर्ण क्षति भएको ज्येष्ठ वर्ण महाविहार (ज्याबहाः वहि) पुननिर्माण भएको छ ।

ललितपुर महानगरपालिका-१२ चाःवहामा रहेको सो महाविहार १२ वैशाख २०७२ मा गएको विनाशकारी भूकम्पले पूर्ण क्षति पुर्‍याएको थियो ।

सहरी विकास मन्त्रालय अन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइले भारत सरकारको वित्तीय सहयोगमा सो महाविहारको पुनर्निर्माण गरेको हो । जसमा प्राविधिक सहयोग भारतीय राष्ट्रिय ट्रस्टले गरेको थियो ।

नेपाली परम्परागत बहिल वास्तुकला, काष्ठकलाको संयोजनमा निर्माण भएको १४ करोड ५९ लाख १३ हजार खर्च भएको सहरी विकास मन्त्रालयले जनाएको छ ।

शुक्रबार सहरी विकास मन्त्री धनबहादुर बुढा  र  नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पुनर्निर्मित महाविहरको संयुक्त रुपमा उदघाटन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?