+
+

कर्णालीमा अझै जुटेन सहमति, एमाले नेताहरू छलफलबाट बाहिरिए

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २० गते १६:१९

२० चैत, सुर्खेत । कर्णाली प्रदेशको नेतृत्वका विषयमा एमाले र माओवादी नेताहरुबीच भएको छलफलमा अझै सहमति जुटेको छैन । करिब ५ घण्टादेखि मुख्यमन्त्री राजकुमार शर्माको निवासमा छलफल जारी छ ।

प्रदेशको नेतृत्व एमालेलाई दिने सत्ता गठबन्धनको केन्द्रीय निर्णय विपरीत विश्वासको मत लिन लागेका मुख्यमन्त्री शर्मालाई मनाउन उनकै पार्टीका नेताहरू बिहानैदेखि छलफलमा जुटेका छन् ।

छलफलकै बीचमा दिउँसो साढे १ बजे नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल र प्रदेश इन्चार्ज लेखराज भट्ट बैठकमा सहभागी भएका थिए ।

करिब २ घण्टाको छलफल पछि जारी बैठकबाट एमालेका नेताहरू बाहिरिएका हुन् । मुख्यमन्त्री निवासबाट बाहिरिँदै गर्दा नेता कँडेलले छलफल जारी रहेको र निशकर्षमा पुगी नसकेको प्रतिक्रिया दिएका छन् ।

एमाले नेताहरू बाहिरिएपछि मुख्यमन्त्री निवासमा पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाही, माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्ल, मुख्यमन्त्री राजकुमार शर्मा लगायतका नेताहरू पुनः छलफलमै जुटेका छन् ।

‘एमालेका साथीहरूसँग एक खालको छलफल भयो । उहाँहरू गइसक्नुभएको छ’, प्रदेश इन्चार्ज मल्लले अनलाइनखबरसंग भने, ‘हामी छलफलमै छौं । केहीबेरमा नतिजा आउँछ ।’

माओवादी नेताहरू बिहान ११ बजेदेखि मुख्यमन्त्री निवासमा छलफल गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?