+
+

सभामुखले प्रधानमन्त्रीसहित शीर्ष नेतासँग छलफल गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २६ गते ८:५०
फाइल तस्वीर

२६ चैत, काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डसहित प्रमुख चार दलका शीर्ष नेताहरूसँग छलफल गर्दै छन् ।

संसदमा सांसदहरूले उठाएका विषयमा छलफल गर्न सभामुख घिमिरेले प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् ।

बैठक बिहान साढे १० बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्नेछ ।

पछिल्लो समय नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको सहकारीमा संलग्नताको विषयमा संसदीय छानबिन समिति गठनको माग गरेको छ ।

कांग्रेसले समिति गठन नभए आगामी बैठक चल्न नदिने चेतावनी दिएपछि सभामुखले शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् ।

प्रतिनिधि सभा बैठक मंगलबार बस्दैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?