+
+

चेम्बर अफ कमर्स लुम्बिनी अध्यक्षमा पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २९ गते ७:५१

२९ चैत, बुटवल । नेपाल चेम्बर अफ कमर्सको लुम्बिनी प्रदेश कमिटी अध्यक्षमा पुनः टंकप्रसाद पोखरेल चयन भएका छन् ।

चेम्रबर अफ कमर्सको ७३ औं साधारणसभा तथा अधिवेशनबाट पोखरेल पुनः अध्यक्ष निर्वाचित भएका हुन् । नेपाल चेम्बर अफ कसर्मको विधानले केन्द्रीय महाधिवेशनबाट केन्द्रीय कमिटी र प्रदेश अध्यक्षहरु चयन गर्ने व्यवस्था छ ।

यस्तै, चेम्बरको केन्द्रीय अध्यक्षमा कमलेश अग्रवाल निर्वाचित भएका छन् । अग्रवालको नेतृत्वमा ६५ सदस्यीय कार्यसमिति चयन भएको हो । यसपछि प्रदेशको अधिवेशनले केन्द्रबाट चयन भएका प्रदेश अध्यक्षहरुको नेतृत्वमा नयाँ समिति बनाउने छ ।

लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको वैशाखमा हुने अधिवेशनबाट कार्यसमिति विस्तार हुने नवनिर्वाचित अध्यक्ष पोखरेलले बताए ।

यसअघि नेपाल चेम्वरको साधारणसभाका क्रममा बोल्ने बक्ताहरुले आगामी वर्षको बजेट यथार्थपरक बनाउन माग गरेका छन् ।

मुलुकको बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत आर्थिक सम्मृद्धि हासिल हुने भएकाले बजेट निर्माण यथार्थपरक ढंगबाट गर्न आब्हान गरेका थिए । सधैं महत्वकांक्षी र ठूलो आकारको बजेट निर्माण गर्दा कार्यान्वयन हुन नसकेकाले यसपट वस्तुनिष्ठ र कार्यान्वयनमुखी बजेट निर्माण गर्नुपर्ने उनीहरुको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?