+
+

आर्सनल र लिभरपुल घरेलु मैदानमै पराजित, सिटीलाई फाइदा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३ गते ८:१४

३ वैशाख, काठमाडौं । प्रिमियर लिगको उपाधि दाबेदार दुई क्लब आर्सनल र लिभरपुल घरेलु मैदानमै पराजित भएका छन् । दुई टोलीको हारपछि शीर्ष स्थानमा रहेको म्यानचेष्टर सिटीलाई फाइदा पुगेको छ ।

आइतबार भएको खेलमा लिभरपुल घरेलु मैदान एन्फिल्डमा क्रिस्टल प्यालेससँग १-० ले पराजित भयो । प्यालेसलाई महत्वपूर्ण जित दिलाउन एबेरेची एजेले १४औं मिनेटमा गोल गरे ।

यस्तै लिभरपुल हार्दा आर्सनललाई शीर्ष स्थानमा पुग्दै उपाधि दाबेदारी बलियो बनाउने अवसर थियो ।

आर्सनल पनि घरेलु मैदानमा एस्टन भिल्लासँग २-० ले पराजित भयो । आर्सनललाई हराउन एस्टन भिल्लाले अन्तिम ६ मिनेटमा दुई गोल गरेको थियो । लियोन बेलीले ८४औं र ओली ओट्किन्सले ८७औं मिनेटमा गोल गरेका थिए ।

हारपछि आर्सनल र लिभरपुल दुवैको ३१ खेलबाट समान ७१ अंक छ र आर्सनल दोस्रो तथा लिभरपुल तेस्रो स्थानमा छ ।

आर्सनल र लिभरपुल पराजित हार्दा त्यसको फाइदा भने म्यानचेष्टर सिटीलाई पुगेको छ । समान ३१ खेलबाट सिटीको ७३ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?