+
+

सेयर बजारका सबै सूचक घटे, नेप्से २००६ मा झर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३ गते १५:२२

३ वैशाख, काठमाडौं । सोमबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १६.८२ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २००६ अंकमा झरेको छ । कुल २ अर्ब ७९ करोडको कारोबार भयो । अघिल्लो दिन ३ अर्बमाथिको कारोबार भएको थियो ।

नेप्सेका अलवा सबै क्षेत्रगत सूचकहरु घटेका छन् । अन्य, फाइनान्स, होटल, उत्पादन र अन्य समूह १ प्रतिशतभन्दा धेरै घटे । बैंकिङ ८, विकास बैंक २२, फाइनान्स ३३, होटल तथा पर्यटन ५८, हाइड्रोपावर २४, जीवन बीमा ३४, उत्पादन १०७, माइक्रोफाइनान्स २०, निर्जीवन बीमा ५१, अन्य २३ र ब्यापार समूह १० अंक घटे ।

कुल ५२ कम्पनीको मूल्य बढ्दा १८४ को घट्यो भने ८ को स्थिर रह्यो । मेन्छियाम हाइड्रोपावरको ७, मिडसोलु हाइड्रोपावरको ५.९, सिर्जनशील लघुवित्तको ४.६, मानुषी लघुवित्तको मूल्य ४.४ प्रतिशत बढ्यो ।

गुराँस लघुवित्त र दोल्ती पावरको १० प्रतिशत मूल्य घट्यो । खानीखोला हाइड्रोपावरको ७.१, माण्डु हाइड्रोपावरको ६, सिंगटी हाइड्रोको ५.९, बोटलर्स नेपाल बालाजुको ५.८ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा ङादी ग्रुप, सीवाईसी लघुवित्त, सानिमा माइ हाइड्रोपावर, सूर्याज्योति लाइफ इन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?