+
+

१५ महिनाभित्र तीन पटक विश्वासको मत लिनु बिडम्वना : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ४ गते १६:५०

४ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १५ महिनाभित्र तीन पटक विश्वासको मत लिनु बिडम्वना भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्रीले १५ महिनाभित्र तीन पटक विश्वासको मत लिने कुरा बिडम्वना र नेपालको आफ्नो विशेषता भएको बताएका हुन् ।

‘तीन पटक विश्वासको मत १५ महिना भित्र लिने अवस्था सिर्जना हुनु एउटा बिडम्वना पनि भन्न सकिन्छ । अर्को आफ्नो विशेषता पनि भन्न सकिन्छ । मैले जे गरेँ, कोही एउटा शक्तिले आफू पूर्ण रुपमा राजनीतिक प्रक्रियाबाट अलग भएको, आइसोलेट भएको महशुस नगरोस् भन्ने हो’, उनले भने ।

प्रधानमन्त्री प्रचण्डले कुनै दलले आफू पूर्ण रुपमा राजनीतिक प्रक्रियाबाट अलग भएको महशुस नहोस् भनेर काँग्रेसबाट राष्ट्रपति निर्वाचित गर्न सहयोगगरेको जिकिर गरे ।

दोस्रो समीकरण बनाउँदै गर्दा मैले राष्ट्रपति नेपाली कांग्रेसलाई दिउँ भन्ने थियो । मानिसहरुले अस्थिरताको आरोप पनि लगाए । तर गहिरिएर विचार गर्दा र इमान्दारिताका साथ कुरा राख्दा राष्ट्रिय शक्तिको वातावरण नबिग्रियोस् भन्ने थियो’, उनले भने ।

प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायलाई कानुन, जनशक्ति, श्रोत र साधनसहित अधिकार सम्पन्न बनाई भ्रष्टाचार नियन्त्रण र सदाचारको प्रत्याभूति दिलाउने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?