+
+

म्याग्दीको पन्थोकमा एक दशकदेखि अलपत्र सिँचाइ आयोजना बन्न सुरु

रासस रासस
२०८१ वैशाख ९ गते ९:०९

९ वैशाख, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका ५, पन्थोकमा एक दशकअघि सुरु भएको सिँचाइ आयोजना निर्माणले बल्ल गति लिएको छ ।

सिँचाइ आयोजनाका लागि बजेट विनियोजन नहुँदा र पहिरोका कारण त्यसलाई अघि बढाउन सकिएको थिएन । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि निर्माणले गति लिन थालेको हो ।

‘तत्कालीन जिल्ला विकास समितिले सुरु गरेको योजनाले निरन्तरता नपाएको र पहिरोले क्षति गरेपछि ७ वर्षदेखि अलपत्र थियो । ‘यसपालि प्रदेश सरकारबाट बजेट विनियोजन भएकाले सिँचाइ योजनालाई पूर्णता दिन लागिपरेका छौँ’, स्थानीय अगुवा एवं पूर्ववडासदस्य दिलबहादुर पुनले भने ।

सात वर्षअघि ३ लाख रुपैयाँ खर्चेर जंगलेखोलाको मुहानबाट करिब एक किलोमिटर पाइप लाइन बिछ्याइएको थियो । उपभोक्ता समितिका सचिव केमबहादुर मल्लले मुहानबाट ५ सय मिटर २ सय मिलीलिटर क्षमताको पाइपबाट पानी चलाइसकेको र कुनलेखर्कसम्म थप ३ सय मिटर पाइप लाइन जडान भइरहेको जानकारी दिए ।

खानेपानी सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीका सबइन्जिनियर अन्जन खत्रीका अनुसार सो योजनाबाट पन्थोकको ५० हेक्टरभन्दा बढी जमिनमा सिँचाइ सुविधा पुग्नेछ ।

उपभोक्ता समिति र स्थानीयवासी गरी दैनिक १२ देखि २० जनाले श्रमदान गरेर पाइप लाइन खन्ने र जोड्ने काम गरिरहेका छन् । योजनाको शनिबार अनुगमन गर्नुभएका खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालयका प्रमुख झलकमोहन ओझाले गौराखोलालगायत म्याग्दीका ६० वटा सिँचाइ आयोजना निर्माणाधीन रहेको जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?