+
+

देशभर कति छन् बेवारिसे चौपाया ?

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १३ गते १८:३५
फाइल तस्वीर

काठमाडौं । पछिल्लो समय सहरी क्षेत्रमा थपिएको समस्यामध्येको बेवारिसे चौपायाले सहरी व्यवस्थापनमा चुनौती थपिंदै आएको छ । सवारी दुर्घटना, ट्राफिक व्यवस्थापन, बोटविरुवा जोगाउन समस्या आएको छ ।

काठमाडौं महानगरपालिकाले दक्षिणकाली नगरपालिकासँग मिलेर कान्जी हाउस खोलेर नगर प्रहरीमार्फत व्यवस्थापन गरिरहेको छ । वीरगञ्ज महानगरपालिका, जनकपुरधाम उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, बुटवल उपमहानगरपालिकामा पनि बेवारिसे चौपाया ठूलो समस्याको रुपमा रहँदै आएको छ ।

बढ्दो सहरीकरणसँगै बढिरहेका यस्ता चौपायाको संख्या भने ६० हजार भन्दा धेरै रहेको देखिन्छ । राष्ट्रिय तथ्यांक कार्यालयले गरेको कृषि गणना अन्तर्गत सामुदायिक प्रतिवेदनले यस्तो नतिजा देखाएको हो ।   कार्यालयले ६ वैशाख २०७९ देखि १९ जेठ २०७९ सम्म ४५ दिन ‘फिल्ड’ मै पुगेर कृषि गणना गरेको थियो ।

सोही समयमा गणना क्षेत्रभित्र पर्ने वडाका अध्यक्ष वा सचिवमार्फत अन्तर्वार्ता विधिबाट सामुदायिक प्रश्नावली भराएर तथ्यांक संकलन गरिएको थियो । प्रतिवेदन अनुसार देशभर ६ हजार ३६ वडाबाट विवरण संकलन गरिएको थियो, जसले मुलुकको ९० प्रतिशत भूभाग ओगट्छ ।

गणना गरिएका यी वडाहरुमा सामुदायिक अर्थात् बेवारिसे चौपायाको संख्या ६० हजार भन्दा धेरै देखिएको हो ।

लुम्बनीमा सबैभन्दा धेरै

प्रदेशगत रुपमा सबैभन्दा धेरै बेवारिसे चौपाया लुम्बिनी प्रदेशमा देखिएको छ । लुम्बिनी प्रदेशको गणना गरिएको ८८१ वडामा १८ हजार २२३ छाडा चौपाय भेटिएको नतिजाले देखाएको छ । यसैगरी, सुदूरपश्चिम र मधेश प्रदेशका क्रमशः ६७७ र १ हजार १५४ वडाहरुमा यस्ता चौपायाको संख्या क्रमशः करिब १३ हजार र १० हजार रहेको छ ।

बेवारिसे चौपाया सबैभन्दा कम गण्डकी प्रदेशमा रहेको यो गणनाले देखाएको छ । कृषि गणना गरिएका यस प्रदेशका ६७२ वडाहरुमा करिब ३ हजार यस्ता चौपाया रहेको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?