+
+

फिल्म ‘रित्तो गाउँ’ को काठमाडौंमा विशेष प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १६ गते ८:२१

काठमाडौं । नयाँ प्रयोग गरेर बनाइएको डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ को काठमाडौंमा विषेश प्रदर्शन गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रिय विभागका प्राडा उद्धव सिग्देलको नेतृत्वमा गरिएको अनुसन्धानमा आधारित यो फिल्मको बिग मुभिजमा प्रिमियर गरिएको हो ।

समारोहमा कांग्रेस सांसद प्रदीप पौडेलसहित व्यवसायी, विभिन्न संघसंस्थाका पदाधिकारी, सञ्चारकर्मी, कास्ट एड क्रूको सहभागिता थियो ।

रोटरी क्लब अफ ग्रिनल्याण्डकोे आयोजनामा गरिएको विशेष प्रदर्शनसँगै ‘रित्तो गाउँ’ टिमले संसारभर आफ्नो विशेष प्रदर्शनको सुरुवात गरेको जनाएको छ ।

आधादर्जन बढी छोटा फिल्म र केही म्युजिक भिडियो निर्देशन गरिसकेका रामजी ज्ञवालीको लेखन एवं निर्देशनमा तयार यस फिल्मले युवा पलायनले रित्तिदै गएको गाउँको कथा प्रस्तुत गरेको छ ।

निर्देशक ज्ञवालीले काठमाडौंबाट फिल्मको विशेष प्रदर्शन थालिएको बताए । उनले देशका विभिन्न ठाउँसँगै विदेशमा समेत ‘रित्तो गाउँ’ को विशेष प्रदर्शन गरिने जानकारी दिए ।

विभिन्न संघसस्था, क्लव र व्यक्तिसँग सहकार्य गरेर संसारभर यस फिल्मलाई देखाइने जनाइएको छ । बुटवल, हेटौंडा, जापान, हङकङ, अमेरिका लगायतका स्थानमा प्रदर्शन हुने जनाइएको छ ।

फिल्ममा हिउँवाला गौतम, सुवास गजुरेल, मुकुन भुषाल, सविना राउतको अभिनय देख्न सकिन्छ ।

अनुसन्धानमा आधारित यो फिल्म दुई भागमा बनेको छ । पहिलो भागमा अनुसन्धानमा आधारित तथ्यांकसहित देशभरको अवस्था चित्रण छ । दोस्रो भागमा विभिन्न कथामा काल्पनिक सर्ट फिल्म तयार पारिएको छ ।

आनन्दराज प्रोडक्सनको ब्यानरमा राम्रो इन्टरटेनमेन्टले निर्माण गरेको यस फिल्मका निर्माता आनन्दराज शर्मा वाग्ले हुन् । फिल्ममा कुनाल कयाल, प्रेम भुर्तेल, नारायण कंडेल कार्यकारी निर्माता हुन् ।

नीरज कँडेलको छायांकन रहेको फिल्मको सम्पादन नहकुल खड्काले गरेका हुन् । फिल्ममा कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन् भने साउण्ड डिजाइनिङको काम भरत कँडेलले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?