+
+

दुई वर्षपछि खेलकुद बोर्डमा पुनर्बहाली भए पर्शुराम बस्नेत

हरि अधिकारी हरि अधिकारी
२०८१ वैशाख १८ गते १६:१२

१८ वैशाख, विराटनगर । नेकपा एमालेका नेता पर्शुराम बस्नेत कोशी प्रदेश खेलकुद बोर्डका सदस्य सचिवमा पुनर्बहाली भएका छन् ।

उच्च अदालत विराटनगरले सोमबार उनलाई बखास्त गर्ने तत्कालिन मन्त्रिपरिषदको निर्णय बदर गरिदिएपछि बस्नेत खेलकुद बोर्डको सदस्य सचिवमा पुनर्बहाली भएका हुन् ।

तत्कालिन मुख्यमन्त्री भीम आचार्यले २४ असोज २०७८ मा खेलकुद बोर्डको सदस्य सचिव नियुक्त गरेका बस्नेतलाई त्यसपछि राजेन्द्र राई नेतृत्वको मन्त्रिपरिषदले २१ चैत २०७८ मा पदमुक्त गरेको थियो ।

पदमुक्त गर्ने मन्त्रिपरिषदको निर्णयविरुद्ध बस्नेतले १४ वैशाख २०७९ मा उच्च अदालत विराटनगरमा रिट दिएका थिए । सोही रिटमा दुई वर्षपछि उच्च अदालतका न्यायाधीश ममता खनाल र केशवप्रसाद बास्तोलाको इजलासले सुनुवाइ गर्दै बस्नेत पुनर्बहाली हुने फैसला गरेको उच्च अदालतका रजिस्ट्रार जगदिशप्रसाद भट्टले जानकारी दिए ।

बस्नेतलाई खेलकुद बोर्डको सदस्य सचिवबाट हटाएर राजेन्द्र राई नेतृत्वको सरकारले हंशराज वाग्लेलाई नियुक्त गरेको थियो । ४ मंसिर २०७९ को निर्वाचनपछि बनेको हिक्मतकुमार कार्की नेतृत्वको सरकारले ३ जेठ २०८० मा वाग्लेलाई बर्खास्त गरेको थियो । वाग्लेले आफ्नो बर्खास्तविरुद्ध दिएको रिट भने उच्च अदालतले खारेज गरेको छ ।

बस्नेत २४ असोज २०७८ मा चार वर्षका लागि खेलकुद बोर्डको सदस्य सचिव नियुक्त भएकाले बाँकी अवधि उनले काम गर्न पाउने बस्नेतका कानुन व्यवसायी रमेश कोइरालाले जानकारी दिए ।

पुनर्बहाली भएपछि बस्नेतले ढिलै भए पनि न्याय मिलेको प्रतिक्रिया दिएका छन् । तत्कालिन सरकारले राजनीतिक प्रतिशोधका आधारमा बर्खास्त गरेको भन्दै उनले भने, ‘ढिलै भएपनि न्याय मिलेको अनुभूति भएको छ, जिम्मेवारी सम्हाल्न जान्छु ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?