+
+

‘पुजार सार्की’को नयाँ गीत ‘रिमै’मा फिल्मको कथासार

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १८ गते १७:२५

काठमाडौं । जेठ १० गतेबाट प्रदर्शन तयारीमा रहेको फिल्म ‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ युट्युबमा सार्वजनिक भएको छ । यो गीतका दृश्यले फिल्मको कथासारलाई दर्शाउँछन् ।

फिल्ममा पुजारीको चरित्र निर्वाह गरेका आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइलीको अन्तरजातीय प्रेम कथा चित्रण गरिएको छ । साथै, प्रदीप खड्का र परीक्षा लिम्बूको अन्तरजातीय प्रेमकथा पनि गीतमा प्रस्तुत छ ।

दोधारमा परेका पल शाह पनि फिचर्ड छन् । गीतमा दिनेश राउतको शब्द रचना र सुवास भुसालको संगीत छ भने देवेन्द्र बराल र मुना ठटालको स्वर छ ।

फिल्मको अघिल्लो गीत ‘दर्शन गरें’लाई पनि रुचाइएको थियो । फिल्मको टिजरले चरित्र चित्रण र कथावस्तुबारे केही खुलासा गरेको थियो । जातीय विभेदविरुद्धको कथावस्तुमा बनेको यो फिल्मलाई ‘प्रकाश’ र ‘प्रसाद’ फेम्ड दिनेश राउतले निर्देशन गरेका हुन् । विकास सुवेदीले कथा लेखेका हुन् ।

फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्दरमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ ।

फिल्मलाई सुवास भुसालले निर्माण गरेका हुन् । किंगडम नेटवर्कको ब्यानरमा बनेको यो फिल्मलाई नेपालमा आरआर फिल्म्सले वितरण गर्दैछ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेनमेन्टले वितरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?