+
+

सेयर बजार घट्दा माइक्रोफाइनान्समा आकर्षण, ४ अर्ब नाघ्यो कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २० गते १५:१४

२० वैशाख, काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से फेरि २ हजारमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७.३१ अंक घटेर १९९८ मा कायम भएको हो । नेप्से घटे पनि ४ अर्ब १३ करोडको कारोबार भएको छ । कुल ७८ कम्पनीको मूल्य बढ्दा १६१ को घटेको छ भने ५ को स्थिर रहेको छ ।

अघिल्लो कारोबार दिन विकास बैंक समूहमा देखिएको आकर्षण आज माइक्रोफाइनान्स समूहमा सरेको छ । सो समूह ३.४५ प्रतिशत बढ्यो । व्यापार ०.०६ प्रतिशत बढ्यो भने अरु सबै घटेका छन् । बैंकिङ ०.८२, विकास बैंक २.०३, फाइनान्स ०.४६, होटल तथा पर्यटन ०.४६, हाइड्रोपावर १.११, जीवन बीमा ०.४०, निर्जीवन बीमा ०.९७, उत्पादन ०.०४ र अन्य समूह ०.७८ प्रतिशत घटे ।

तीन लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । समता, इनिफिनिटी र साधना लघुवित्तको १० प्रतिशत मूल्य बढ्यो । विजय लघुवित्तको ९.७, आरएसडीसीको ८.७, जनउत्थान सामुदायिक लघुवित्तको ८.३, मेरो माइक्रोफाइनान्सको ८.३ तथा पोखरा फाइनान्सको ८.१ प्रतिशत मूल्य बढ्यो ।

पिपुल्स पावरको ८.२, ग्रीन डेभलपमेन्ट बैंकको ५.१, सिन्धु विकास बैंकको ४.७, सप्तकोशी विकास बैंकको ४.१ तथा हिमालयन हाइड्रोपावरको मूल्य ४ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा आईएमई लाइफ इन्स्योरेनस, पोखरा फाइनान्स, गोर्खाज फाइनान्स, साइन रेसुङ्गा विकास बैंक र नेपाल फाइनान्स क्रमशः अगाडि रहे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?