+
+

‘बोक्सीको घर’ ले दोस्रो सप्ताहन्तसम्म कति कमायो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २३ गते १७:१०

काठमाडौं । केकी अधिकारी स्टारर ‘बोक्सीको घर’ ले दोस्रो सप्ताहन्तमा डेढ करोड रुपैयाँ हाराहारीमा कमाइ गरेको छ । वितरण कम्पनी डीसीएन र टी–फोकले दोस्रो शुक्रबार र शनिबारको ग्रस कलेक्सन सार्वजनिक गरेका हुन् ।

पहिलो साता फिल्मले ६ करोड ५ लाख ग्रस कमाएको ती वितरण कम्पनीले जनाएका थिए । जसअनुसार नौ दिनसम्म फिल्मको कुल कमाइ ७ करोड ५५ लाख रुपैयाँ ग्रस रहेको वितरक अशोक शर्माले बताए ।

यो कमाइसँगै ‘बोक्सीको घर’ महिलाको शीर्ष भूमिका रहेको धेरै कमाउने फिल्म समेत बनेको छ । दोस्रो शनिबार काठमाडौंसहित मुख्य सहरमा फिल्मले आक्रामक कमाइ गरेको थियो । दोस्रो शनिबार फिल्मले एक करोड कमाएको हिसाब डीसीएनले पेश गरेको छ ।

उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘मनसरा’को आधिकारिक हिसाब वितरण कम्पनी एप्पल इन्टरटेनमेन्टले सार्वजनिक गरेको छैन । यो फिल्मले पहिलो सप्ताहन्त सुखद कमाइ गरेको छ । तर फिल्मले अपेक्षाकृत ओपनिङ चाहिं गर्न सकेन ।

काठमाडौं र पश्चिम नेपालभन्दा पूर्वी सहरमा ‘मनसरा’को कमाइ राम्रो छ । छायाकार शैलेन्द्रध्वज कार्कीले निर्माण गरेको यो फिल्ममा प्रवीण खतिवडा, मिरुना मगर, मेनुका प्रधान र दयाहाङ राईको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?