+
+

यसकारण थप्न लागिएको हो १०० को नोटमा चुच्चे नक्सा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २३ गते १९:१५

२३ वैशाख, काठमाडौं । मन्त्रिपरिषद्को गत बिहीबार १०० रुपैयाँ दरका नोटमा नेपालको नयाँ नक्सा (चुच्चे नक्सा) छाप्ने निर्णय गर्‍योे ।

७ जेठ २०७७ मा नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो ।

उक्त नक्सा जारी भएसँगै नेपालभरि चुच्चे नक्सा प्रयोग भइरहेको छ । नेपाल राष्ट्र बैंकले निष्कासन गर्ने नोटमा १०० रुपैयाँ दरको नोटमा मात्रै नेपालको नक्सा अंकित छ ।

राष्ट्र बैंकले कुनै पनि नोटको साइज र डिजाइन परिवर्तन गर्नुपर्दा सरकारको स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

सोहीअनुसार १०० रुपैयाँ दरको नोटमा चुच्चे नक्सा अंकित गरेर छाप्न डिजाइन परिवर्तन गर्नुपर्ने भएकाले राष्ट्र बैंकलाई मन्त्रिपरिषद्ले नयाँ नोटमा चुच्चे नक्सा प्रयोग गर्ने स्वीकृति दिएको हो ।

१०० रुपैयाँ दरको पुरानो नोट पनि चलनचल्तीका लागि अयोग्य नहुने राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लिराम पोख्रेल बताउँछन् ।

‘संविधानको अनुसूचीमा नक्सा परिवर्तन भइसकेको हुँदा नयाँ छाप्ने नोटको डिजाइन परिवर्तन गर्न सरकारको स्वीकृति आवश्यक पर्ने भएकाले लिएको हो,’ उनले भने, ‘नोटको साइज र डिजाइन परिवतर्न गर्नुपर्दा सरकारको स्वीकृति चाहिने व्यवस्था छ । नयाँ नक्सा जारी भएपछि डिजाइन परिवर्तन गर्न सरकारको स्वीकृति लिइएको हो ।’

अहिले ३३ अर्ब ५० करोड रुपैयाँ बराबर १०० रुपैयाँ दरको नोट चलनचल्तीमा रहेको उनले बताए । नयाँ नोट कति छाप्ने भनेर कुनै निर्णय भने नभएको र यो नियमित प्रक्रिया अनुसार नै हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?