+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

यसकारण थप्न लागिएको हो १०० को नोटमा चुच्चे नक्सा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २३ गते १९:१५

२३ वैशाख, काठमाडौं । मन्त्रिपरिषद्को गत बिहीबार १०० रुपैयाँ दरका नोटमा नेपालको नयाँ नक्सा (चुच्चे नक्सा) छाप्ने निर्णय गर्‍योे ।

७ जेठ २०७७ मा नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो ।

उक्त नक्सा जारी भएसँगै नेपालभरि चुच्चे नक्सा प्रयोग भइरहेको छ । नेपाल राष्ट्र बैंकले निष्कासन गर्ने नोटमा १०० रुपैयाँ दरको नोटमा मात्रै नेपालको नक्सा अंकित छ ।

राष्ट्र बैंकले कुनै पनि नोटको साइज र डिजाइन परिवर्तन गर्नुपर्दा सरकारको स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

सोहीअनुसार १०० रुपैयाँ दरको नोटमा चुच्चे नक्सा अंकित गरेर छाप्न डिजाइन परिवर्तन गर्नुपर्ने भएकाले राष्ट्र बैंकलाई मन्त्रिपरिषद्ले नयाँ नोटमा चुच्चे नक्सा प्रयोग गर्ने स्वीकृति दिएको हो ।

१०० रुपैयाँ दरको पुरानो नोट पनि चलनचल्तीका लागि अयोग्य नहुने राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लिराम पोख्रेल बताउँछन् ।

‘संविधानको अनुसूचीमा नक्सा परिवर्तन भइसकेको हुँदा नयाँ छाप्ने नोटको डिजाइन परिवर्तन गर्न सरकारको स्वीकृति आवश्यक पर्ने भएकाले लिएको हो,’ उनले भने, ‘नोटको साइज र डिजाइन परिवतर्न गर्नुपर्दा सरकारको स्वीकृति चाहिने व्यवस्था छ । नयाँ नक्सा जारी भएपछि डिजाइन परिवर्तन गर्न सरकारको स्वीकृति लिइएको हो ।’

अहिले ३३ अर्ब ५० करोड रुपैयाँ बराबर १०० रुपैयाँ दरको नोट चलनचल्तीमा रहेको उनले बताए । नयाँ नोट कति छाप्ने भनेर कुनै निर्णय भने नभएको र यो नियमित प्रक्रिया अनुसार नै हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?