+
+

यो हो संसारकै वृद्ध गुरिल्ला

एजेन्सी एजेन्सी
२०८१ जेठ १ गते ८:०४

विश्वको हालसम्मको सबैभन्दा पाको जीवित गुरिल्लाले हालै आफ्नो ६७औं बर्थडे मनाएको छ ।

जर्मनीको बर्लिन चिडियाखानामा सन् १९५९ को मे महिनामा ल्याइएको उक्त पोथी गुरिल्लाको नाम फातोउ हो ।

चिडियाखानामा ल्याउँदा उसको उमेर २ वर्षको थियो ।

वेस्टर्न लो ल्याण्ड प्रजातिको उक्त गुरिल्लाको औसत आयु ४० देखि ५० वर्षसम्म हुने गर्दछ । तर, ६७ वर्षको भैसक्दा पनि फातोउ अझै स्वस्थ छ ।

जन्मदिनको दिन चिडियाखानाका कर्मचारीहरुले उसलाई उपहार स्वरुप फलफूल र तरकारी भरिएको टोकरी दिएका थिए । त्यसमा फातोउले निकै मन पराउने पालुंगोको साग, बेरी, खरबुजा तथा खान मिल्ने फूलहरु राखिएको थियो ।

चिडियाखानाका पशुचिकित्सक डाक्टर एन्ड्रे शुल भन्छन्- सामान्यतया हामीले हाम्रा जनावरहरुको राम्रो पोषणमा निकै ध्यान दिन्छौं । अझ फातोउजस्ता बुढा जनावरहरुको हकमा चाहिं विशेष रुपमा खानेकुराको बन्दोबस्त गर्दछौं ।

फातोउलाई निकै नरम खानेकुरा चाहिन्छ ताकि दाँत नभएपनि उसलाई खान सजिलो होस् ।

फातोउको दैनिकी कसरी बित्छ ?

उसको दैनिकी खानेकुरा खोजेर तथा डोरीहरुमा चढेरै बित्ने गर्दछ । अरु गुरिल्लासँग दूरी कायम गर्न मन नपराउने हुनाले फातोउ आफ्नै क्षेत्रमा बस्ने गर्दछ ।

फातोउको नजिकैका खोरहरुमा १९ वर्षको सांगो, ३८ वर्षकी पेन्जी, २७ वर्षकी बिबी, २२ वर्षकी जाम्बाला र ३ वर्षकी टिल्ला रहेका छन् ।

फातोउ वास्तवमा अति संकटापन्न प्रजातिको गुरिल्ला हो । यो प्रजातिलाई अफ्रिकन वर्षाजंगलको माली भनिन्छ ।

गुरिल्लाले बीउको ओसारपसार गरेर पर्यावरण चक्रको सन्तुलनमा ठूलो भूमिका खेल्दछ।

 

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?